काठमाडौँ, सरकारले विवाह पञ्चमीका दिन जनकपुरस्थित राम जानकी मन्दिरमा भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव विनोद केसीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक हेमन्तबहादुर पाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल सदस्य छन् ।
छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले पूजाआजा गर्न राम जानकी मन्दिर जानु भएका बेला तराई मधेसमा आन्दोलनरत दलका नेता तथा कार्यकर्ताले दुव्र्यवहार गरेका थिए ।
राष्ट्र प्रमुखलाई अपमान गरिएको भन्दै मुलुकका विभिन्न क्षेत्रबाट सो घटनाको भत्र्सना र निन्दा गरिएको छ ।


![hfgsL dlGb/df /fi6«klt hgsk'/sf] hfgsL dlGb/df ljjfxk~rdL dxf]T;jdf /fi6«klt ljBfb]jL e08f/L . tl:a/ M chos'df/ ;fx, hgsk'/wfd, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/12/1450258010067_AS-Janakpur-Rastrapati-1-e1450265551633-300x200.jpg)






