‘मोर्चाले किन हठ गरेको हो’

Ramchandra-Paudelविराटनगर, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई दलीय आकाङ्क्षाबाट माथि उठेर आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले अवतरण गर्न आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संसद्मा पेस गरिएका विधयेकमार्फत मोर्चाका अधिकांश माग पूरा हुने र सीमाङ्कनको विषयमा छलफल गरी सच्याउन सकिने स्पष्ट पारे ।

मोर्चाले हठ गरी जनतालाई किन दुःख दिने कार्य गरिरहेको हो भनी प्रश्न गर्दै उनले वार्ताद्वारा समस्या समाधान गर्न अग्रसर हुन सुझाव दिए।

सम्बन्धित शिर्षकहरु