विप्लव माओवादीद्वारा डिस होमको मुख्य टावर ध्वस्त

dish-home-logoपुस १ । काठमाडौं, ललितपुरको भैंसेपाटीको डिस होमको मुख्य टावर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले ध्वस्त पारेको छ। प्रत्यक्षदर्शीले प्रहरीलाइ दिएको जानकारी अनुसार टावरमा पेट्रोल वम प्रहार गरिएको थियो। टावर र कार्यालयमा आगजनी भएर ठूलो क्षति भएको बताइएको छ।

माओवादीले भारतीय टेलिभिजन च्यानल बन्द गर्न बारम्बार चेतावनी दिदै आएको थियो। डिसहोम टावर ध्वस्त भएपछि भारतीयलगायत डिसका च्यानल प्रशारण बन्द रहेका छन्। सुरक्षा श्रोतले जनाए अनुसार संलग्नहरूको खोजी भैरहेको छ।

सम्बन्धित शिर्षकहरु