काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको माग अनुसार पुनर्निर्माण प्राधिकरण र संविधान संसोधन सम्वन्धि विधेयक कार्यसूचिमा राखिएपछि व्यवस्थापिका–संसदको बैठक बसेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले दुवै विधेयक ल्याइएकोमा विरोध जनाएका छन् । नारावाजीका वीच संविधान संसोधन र प्राधिकरण सम्वन्धि विधेयक टेबुल भएको छ । त्यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्वन्धि प्रतिवेदन पेश भएको छ ।
संसद सचिवालयले आजको कार्यसूचिको पाँचौं नम्वरमा प्राधिकरण र छैटौंमा संसोधन विधेयकलाई समावेश गरेको हो । बैठक भोलि अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ ।








