काठमाडौं, एकीकृत नेकपा माओवादी त्यागेर नयाँ शक्ति निर्माणमा लागेका डा. बाबुराम भट्टराईले जारी राजनीतिक गतिरोध अन्त्यका लागि सुझाव दिएका छन् । उनले तराई–मधेस आन्दोलन, ३ महिनादेखिको अघोषित भारतीय नाकावन्दी अन्त्यका लागि समाधानको मार्ग पहिल्याएका हुन् ।
उनको सुझाव यस्तो छ,
तत्काल देशको समस्या समाधान यसरी गरौं!
४ महिनादेखिको तराई– मधेस आन्दोलन, ३ महिनादेखिको अघोषित भारतीय नाकावन्दी,२ महिनादेखिको नवगठित सरकारको चीरनिद्रा (भित्री सत्ता लुछाचुँडी) को मारमा भूकम्पपीडित लगायत सर्वसाधारण जनता अव थेग्नै नसक्ने जीवनमरणको दोसाँधमा पुगेको, देशको अर्थतन्त्र दशकौं पछाडि धकेलिएको र हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धी समेत गुम्ने खतरा बढ्दै गएको असामान्य गम्भीर स्थितिमा तत्काल निकासकानिम्ति यसो गरे कसो होला?:
१. सरकार र सरकारसम्बद्ध दलहरूले सीमांकन लगायतका सबै समस्या संविधान संशोधन मार्फत प्याकेजमा हल गर्ने ठोस प्रतिबद्धता सहित स्वतन्त्र व्यक्तिहरूको मध्यस्थतामा आन्दोलनकारीहरूसंग गम्भीर र सार्थक वार्ता थालनी गर्ने।
१. आन्दोलनकारी शक्तिहरूले आफ्नो माग र आन्दोलन कायम राख्दै आन्दोलनको रुप बदल्ने (क) आमहड्तालरबन्द र सीमा अवरोधको सट्टा सरकारर प्रशासन केन्द्रित वा सत्याग्रह प्रकृतिका आन्दोलन गर्नेस (ख) आन्दोलनको केन्द्र राजधानी काठमाण्डौ बनाउने। (ग) सम्झौता नभएसम्म संसदरसदन संघर्ष जारी राख्ने।
३. नागरिक अगुवा लगायत सबै समुदाय ( खसआर्य आदिवासी/जनजाति मधेसी/थारू) र सरोकारवालाहरूको संयुक्त पहलर नेतृत्वमा राजधानीमा समस्या समाधानमुखी प्रभावकारी सत्याग्रह प्रकृतिका कार्यक्रम गर्ने।
४. भारत सरकारसंग उच्च स्तरीय कुटनीतिक संवाद गर्ने। भारतले अघोषित नाकावन्दी अघोषित रूपमै फिर्ता लिने।








