स्वस्तिमाले १४ वर्ष जेठो निश्चल किन रोजिन्?

काठमाडौं, निर्देशक, अभिनेता निश्चल बस्नेतले लगनगाँठो कस्ने भएका छन् । उनले ‘होस्टेल रिटन्र्स’ फिल्मकी एक अभिनेत्री स्वस्तिमा खड्कासँग बिहे गर्न लागेका हुन् । निश्चलले सोमबार राजधानीको एक पार्टी प्यालेसमा इंगेजमेन्ट गरेका छन् ।

‘लुट’ फिल्मबाट निर्देशकका रूपमा चर्चा कमाएका निश्चल अभिनेताका रूपमा पनि सफल छन् । स्वस्तिमालाई भने गत भदौमा प्रदर्शित होस्टेल रिटन्र्स फिल्मले अभिनेत्रीका रूपमा परिचय दिलाएको हो । ३४ वर्षीय निश्चलले २० वर्षीया स्वस्तिमासँगको केही समयअघिदेखिको निकटता र प्रेमलाई बिहेमा परिणत गर्न लागेका हुन् । उनीहरूको बिहे भने फागुन ५ गते हुने बताइएको छ । नयाँ पत्रिका।

सम्बन्धित शिर्षकहरु