प्रधानमन्त्री ओलीद्वारा यस्तो कामना

KP-Sharma-Oli-Nepal-Prime-Ministerमंसिर २७ । काठमाडौँ, क्यान्सरले थलिएर उपचाररत सगरमाथा आरोही वाङ्छु शेर्पालाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाभको कामना गरेका छन् ।

ललितपुरको हरिसिद्धिस्थित हरिसिद्धी अस्पतालमा हिजो पुगेर प्रधानमन्त्री ओलीले त्यहाँ उपचार त्यहाँ उपचार गराइरहेका शेर्पालाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

सतचालीस वर्षीय शेर्पा ठूलो आन्द्रामा क्यान्सर भएर उपचाररत छन् तीन पटक सगरमाथा आरोहण गरेका शेर्पा सगरमाथा आरोही सङ्घका संस्थापक अध्यक्ष छन्। शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा संरक्षण अभियन्ता, २०७२ को उपाधि दिएको छ ।

सम्बन्धित शिर्षकहरु