बैतडी, नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्वाभिमानको रक्षा गर्न आत्मनिर्भर हुनुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ बैतडीले आज पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले धेरै नेपाली परनिर्भर भएकाले स्वाभिमानप्रति चुनौती आएको बताउनुभयो । उनले भने “अत्यावश्यक चिजका लागि पनि परनिर्भर भएका छौँ, आफ्नो स्वाभिमान जोगाउन आत्मनिर्भर हुन जरुरी छ ।”
भारतले गरेको अघोषित नाकाबन्दीको कुनै नैतिक, राजनीतिक आधार नभएको र यो अन्तर्राष्ट्रिय कानुन विपरीत छ भन्दै उनले ९० प्रतिशत जनप्रतिनिधिबाट जारी भएको संविधानमा प्रजातान्त्रिक राष्ट्रले विरोध गर्नु आश्चर्यपूर्ण भएको बताए ।
एक फरक प्रसङ्गमा उनले संविधान संशोधन तथा सीमाङ्कनका विषयमा हेरफेर हुने तर जनताका मागलाई आधार मानेर मात्र हेरफेर हुने विचार व्यक्त गरे ।








