मङ्सिर २५ ।भक्तपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपुरथिमिमा लामो समयदेखि कला, संस्कृतिको जगेर्नामा क्रियाशील दुई संस्थालाई संस्कृति संरक्षणका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग प्रदान गरेका छन् ।
गत कात्तिक २६ गते शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृति संरक्षणमा सघाउन अक्षयकोषका लागि रकम दिने वचन दिएअनुसार दुई संस्थालाई आर्थिक सहयोग प्रदान गर्नुभएको प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठले जानकारी दिए ।
भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी निवासमा बिहीबार साँझ प्रधानमन्त्रीको श्रीमती राधिका शाक्यको हातबाट थिमि कला परिषद्का अध्यक्ष श्रीगोपाल प्रजापतिलाई रु एक लाख र नगदेश सांस्कृतिक पुचः का अध्यक्ष भक्तबहादुर घजुलाई रु एक लाख हस्तान्तरण गरिएको हो ।








