सनीको वृत्तचित्र विश्वभर

एजेन्सी, बलिउड अभिनेत्री सनी लियोनीको बलिउड यात्रामा आधारित वृत्तचित्र विश्वभर ‘रिलिज’ गर्ने तयारी भइरहेको छ । फोटो पत्रकार दिलीप मेहताले यो वृत्तचित्र बनाएका हुन् ।

यसबारे मेहताले भनेका छन्, ‘यो फिचर फिल्मजत्तिकै लामो डक्युमेन्ट्री हो । यसलाई विश्वभर प्रदर्शन गरिनेछ । यसमा सनीले आफ्नो जीवनबारे पूरै खुलेर तथा भावुक भएर कुरा गरेकी छिन् ।’

यो वृत्तचित्र बनाउन क्यानडाको एउटा कम्पनीले दिलीपसँग सम्पर्क गरेको थियो । दिलीपले सनी आफ्नो विगतलाई लिएर लज्जित तथा असहज नभएको बताएका छन् । बलिउडमा आउनअघि नै सनीले ‘पोर्न स्टार’का रूपमा चर्चा कमाइसकेकी थिइन् । नयाँ पत्रिका ।

सम्बन्धित शिर्षकहरु