अस्ट्रेलिया अष्ट्रेलियाको विभिन्न शहरमा बसोबास गर्दै आएका नेपालीहरुले मधेश आन्दोलन प्रति समर्थन जनाउदै आन्दोलनको क्रममा भएका मानव अधिकारको हननको विरुद्धमा अष्ट्रेलियाको संसद भवन अगाडी प्रदर्शन गरेका छन्।
अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुको विभिन्न संघ संस्थाको आयोजनामा भएको सो कार्यक्रम १२ः०० बजे शुरु भइ १४ः०० बजे सम्पन्न भएको थियो। सो कार्यक्रममा आ आफ्ना मन्तव्य दिदै मधेसमा भै रहेको आन्दोलन प्रति सरकार गम्भीर नरहेको, आन्दोलनकारीलाई समातेर गोलि हानि मारिएको जस्ता अपराधिक क्रियाकलापमा सरकार लागेकोले सरकारको सो कदम को विरोध गरेका थिए ।
मधेस आन्दोलनको ११३ दिन सम्म बिति सक्दा पनि सरकारबाट आन्दोलनरत पक्ष संग वार्ताको कुनै ठोस पहल नभएको र आन्दोलनको क्रममा मानव अधिकार न्युनतम मापदण्ड समेत नपनाइएकोले मानव अधिकार रक्षाको लागि मानव अधिकार वादी संघ संस्था हरु संघ जोडदार आवाज उठाउन अनुरोध गरेका छन्।
कार्यक्रममा मन्तव्य दिदै मधेस जनजाति थारु लगायतका विभिन्न समास्या हरु देशको आन्तरिक समस्या भएकोले वार्ता बाट तुरन्त समाधान गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएका थिए।
सो कार्यक्रम पश्चात अष्ट्रेलियन विदेश मन्त्रालय र मानव अधिकार लाइ मधेश आन्दोलन बारे मौखिक तथा लिखित जानकारी गराएका थिए ।








