मधेसी मोर्चाको आमसभमा गोली चल्यो

gooसर्लाही, मधेसी मोर्चाको सर्लाहीको आमसभामा  गोली चलेको छ । पूर्वपश्चिम राजमार्ग भन्दा केही दक्षिणी भागमा नवलपुरमा मधेसी मोर्चाले गरेको बिरोधसभामा गोली चलेको हो । केही प्रदर्शनकारीलाई गोली लागेको प्रदर्शनकारीले दाबी गरेका छन्।

गोली चलेपछि प्रदर्शनकारीबीच भागाभाग चलेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड प्लास्टिकको गोली चलाएको बताएका छन् । ‘सुरक्षाकर्मीबाहेक थप गोली चेलेको सुचना आएको छ,’ उनले भने।विरोधसभालाई सम्बोधन गर्न सर्लाही पुगेका सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने विरोधसभमा सम्बोधन गर्न आफ्नो नाम लिएपपछि प्रशासनले गोली चलाएको दाबी गरे। उनले भने,’मंचमा सम्बोधन गर्न मलाई बोलाउनासाथ प्रशासनले गोली चलायो। गोलीबाट मोर्चाका धेरै कार्यकर्ता घाइते भएका छन्।’

यसअघि मोर्चाले राजमार्गमा नै विरोध सभा गर्ने तयारी गरेको थियो । तर चुरेभावर राष्ट्रिय पार्टीले राजमार्ग अबरुद्ध नगर्न चेतावनी दिएपछि मोर्चाले नवलपुरमा विरोधसभाको आयोजना गरेको थियो।

तर सभामा सहभागी हुन आएका मोर्चाका कार्यकर्ताले सभास्थलबाट बिद्रोह गरेर राजमार्गमा घेरा हालेका थिए। करिब दुई घण्टासम्म राजमार्ग अबरुद्ध गरी सभा गर्दैगर्दा गोली चलेको हो। गोली चलेपछि मोर्चाक कार्यकर्ता तितरबितर भएका छन्। सो स्थानमा अहिले चुरेभावरका कार्यकर्ताले कब्जा गरेका छन

सम्बन्धित शिर्षकहरु