रुपैडिहा नाकामा प्रहरीमाथि पेट्रोल बम प्रहार

hqdefaultबाँके, नेपालगन्ज—रुपैडिहा नाकामा मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् । भारतबाट आएको नेपाली नम्बरको मोटरसाईकललाई मोर्चाका कार्यकर्ताले रोक्ने क्रममा तनाव भएपछि साम्य पार्न पुगेको प्रहरी टोलीमाथि पेट्रोल बम प्रहार भएको थियो । त्यसपछि दुई पक्षबीच केहीबेर झडप भएको हाम्रा सहकर्मीले जनाएका छन् । सीमामा अहिले तनाव कायमै छ ।

त्यसअघि नेपाल–भारतका सुरक्षा अधिकारीबीच भएको छलफलमा भारतीय अधिकारीहरुले मोर्चाको आन्दोलनमा आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्वता जनाएका थिए । दशगजामा रहेको मोर्चाको टेन्ट प्रहरीले हटाएपछि कार्यकर्ता आक्रोसित भएका हुन् ।

नेपालगञ्ज रुपैडिहा नाकामा मोर्चाका कार्यकर्ता २४  घण्टे धर्नामा बसिरहेका छन् ।

सम्बन्धित शिर्षकहरु