चुरे भावरले बन्दको प्रतिकार गर्ने

chureरौतहट, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल तथा स्थानीयबासीले बिहीवार रौतहटको चन्द्रनिगाहपुरमा भारतीय नाकाबन्दीको बिरोध गर्दै विशाल प्रदर्शन गरेका छन । प्रदर्शन पछिको सभामा पार्टीका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जातीय सद्भाव भड्काउन खोज्नेहरु देखि सचेत हुन आग्रह गर्दै मधेशी मोर्चालाई राजमार्गमा धर्ना र आन्दोलन गर्न नदिने चेतावनी दिए ।

कुनै पनि हालतमा राजमार्ग बन्द गर्न नदिने र मोर्चाले निहुँ खोजे प्रतिकार गर्ने समेत अध्यक्ष न्यौपाने चेतावनी दिएका छन ।

प्रर्दशनमा चन्द्रपुर नगरपालिकाको बिभिन्न गाउँहरुबाट  चन्द्रनिगाहपुरमा जम्मा भएका मानिसले राष्ट्रिय झण्डा बोकेर र्यालीमा सहभागी भएका थिए ।

र्यालीमा सहभागीहरुले जातीय सद्भाव कायम गरौँ , नाकाबन्दी फिर्ता गर , चुरेभावर प्रदेश कायम गर लगाएको नारा लगाउदै चन्द्रनिगाहपुर बजार परिक्रमा गरेका थिए ।

सम्बन्धित शिर्षकहरु