कावासोती, नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्वाभिमान रक्षाका लागि आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका छन् ।
प्रेस चौतारी नेपाल नवलपरासीले आज कावासोतीमा गरेको पत्रकार सम्मेलनमा उनले भने “स्वाभिमानसँग बाँच्ने हो भने आत्मनिर्भर हुन जरुरी छ ।”
दीर्घकालीन हिसाबले बाँच्ने योजना नबनाउँदा अहिलेको समस्या सिर्जना भएको उनको भनाइ थियो ।
“आत्मनिर्भरताको जग कमजोर हुँदा स्वाभिमान सङ्कटमा परेको छ, विस्तारवादको नाराले मात्र स्वाभिमान बच्दैन, अहिले त्यही अवस्था छौँ”–उनले भने ।
भारतको छिमेकीप्रतिको व्यवहार मित्रतापूर्ण छैन, त्यसका लागि कूटनीतिक र राजनीतिक पहल भइरहेको छ”–उनले भने “सबै चिज फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्न ।”








