‘यसपाली अलि रौनक नै भएन ‘ -कविता

 

12080199_10207030067423413_9165448197940774557_o-तृप्‍ति पाण्डे (पन्त )  

दशैं आयो तिहार आयो ,

यसपाली अलि  रौनक नै भएन।

कहाँ हराए ति बॉसका लिंगे पिंगहरु,

केटाकेटीको चचव्ही नै देखिएन।

खोई, कता गए ति देउसी र भैलेनिहरु,

मादलको कुनै धौनक नै सुनिएन ।

सुन्सान सडकमा रित्तो घर

घर सजाउने कुनै जागर नै भेटिएन।

तेसैले यसपाली अलि रौनक नै भएन।

 

 

बगैचा हेरी भन्दै बसे,

सहरका धनिमानीका छोरी बुहारीहरु,

यसपाली सयपत्त्री गोदावरी फुल्दै फुलेन।

घर राम्री सजाउनै  पाईएन।

भूकंपले चीरेको गर्हा हेरी,

टोलाउदै बसे गाउघरका बुढ़ापाकाहरु,

राहत आपुर्ती अझै  केही आएन;

तुईने कच्ची छानो छाउनै पाईएन।

तेसैले यसपाली अलि रौनक नै भएन।

 

कसैकसैको तालुमा आलु फल्यो

भूकंपको नाममा आएको राहत आपुर्ती,

आफ्नो भकारी भर्नलाई कसैलाई सोध्नै परेन।

ढलेको घरमा मानिसहरु,

आफ्नाको लाश खोज्दै, रातभर रुंदै बसे

कसैकसैलाई पैसा गन्दै रातभर निद्रै परेन ।

बिदेशीले नेपाललाई माया र सहयोग गरेर गए,

तर नेपाल र नेपाली लाई मायागर्ने कुनै नेतै भएन।

तेसैले यसपाली अलि रौनक नै भएन।

 

 

संबिधान पस्चात्

विश्वबाट नेपाललाई बधाई त आयो….तर,

दक्षिणबाट नाकबन्दी, कुनै ढुवानी  नै आएन।

बजारमा नून तेल चामलको अभाब

अस्पातलमा बिरामीको प्याक प्याक

विश्वभर  कहिबाट चुईक्क आएन।

सधैं जन-जाती बीचको यो झै-झगडा

हामी नेपालीको हितमा भएन।

तेसैले यसपाली अलि रौनक नै भएन।

 

नयाँ लुगा नयाँ जुत्ता

लगाउन आतुर ती केटाकेटीहरु,

शहर बजार ठप्प कुनै पसलनै खुलेन।

अनाथ अनी बृध्य आश्रममा ,

आफन्तको पर्खाइमा रसिला ती आँखाहरु

 

मुहारमा कुनै हर्सो उल्ल्हासनै छाएन।

बिदेशबाट दश नङ्र्ग्रा खियाई पैसा पठाउदा पनि

स्वदेशमा परिवारजन कोहीपनि खुशीनै भएन।

तेसैले यसपाली अलि रौनक नै भएन।

 

 

यही परिबेशमा,

बैशले मातेका मायालु एक जोडी

जस्लाई कही कतै कुनै अभाबले छोएन।

भन्छन, देवीदेउता साछी राखी,

आफन्तको आशिर्बाद लिइ ,

यही बर्ष  बिहे नगरी भएन।

ज्योतिश बाजे सम्झाउन खोज्छन,

तिमीहरुको यो साल बिहेको कुनै साइतनै जुरेन।

तेसैले यसपाली अलि रौनक नै भएन।

सम्बन्धित शिर्षकहरु