उज्यालो !- सिमा रोशी

- सिमा रोशी सिड्नी,
– सिमा रोशी सिड्नी,

उज्यालो ! 

अलीकति बेलुकी डुब्दा कोठामा बत्ति देखीन्छ
आकाश खुला छ, चराहरु गाइरहेका छन्
अचेल कामकाजी मान्छेलाइ फुर्सद छ
बाहिर निस्कन बन्देज छ

पनि बरण्डामा बिहान बेलुका मान्छेहरु अलीकति घाम,

अलिकति हावा पान गरीरहेछन्
सुगाहरु पनि अचेल मान्छेहरुलाइ भित्रै देखेर होला

खाना माग्ण किन आएका छैनन्? !
हिजो अस्ती पानी आएको दिन, हुरीबतास र चर्को घाम

तातेको दिन मच्ची मच्ची सुगाहरुले बरण्डाबाट कराउथे र मागेर खाएर जान्थे
त्यो परको कुनामा परेवाहरु पनि भोकै होलान्
घरी घरी कराउने काग पनि कता गएछ
सडकमा उसो त मान्छेहरुको आवत जावन सुन्य नै छ
भनेहोलान्
मान्छेहरु किन आजकल गुप्तबास पसे
बन्द कोठाको झ्यालले पनि आजकल अलीकति उज्यालो र हावा चोर्छ
ढोकाबाट छीमेकी र साथीको अनुहार खोज्दै यि आखाहरु बाहिर डौडन्छन्
मात्र गुनगुन सुन्न पाइन्छ घरघरको
थोरै मुस्कान, केहि कुराकानी !
अचेल धेरै धेरै बढीरहेछ सबैमा
सामाजीक दुरी
यो इन्टरनेटको जमना हुन्नथ्यो भने त मान्छे के गर्थ्यो होला !
भेटै नभए पनि भिडियोमा, भाइवरमा, फेसबुकबाट फोन गर्नु है छोरी
आमाले भन्छीन्
बाहिर ककटुको मिठो आवाज छ
सडकमा कारको आवाज पास हुन्छ
अलीक परबाट टेर्नको लीक बज्छ
यति भए पनि मनलाइ चैन हुन्छ
मन एक्लो छैन
आकाशमा सेता कुहीराहरु कावा डौडीरहेका छन
हिजो पार्कमा त्यो हरीयो र खुल्ला मोहकता आखाहरु भएर जान्छ
हैट ! खुला संसार पनि आज किन नेपथ्यमा कैद छ ?
यो पर्श्न भगवानहरुले दिन सक्दैनन्
हरेक मान्छेको पहिलो राह
विज्ञानका खोजीहरुमा रोकिएका छन्

के भगवानलाइ भाइरस लाग्दैन ??

आज विज्ञान विज्ञान भएको छ र
तॅपाइ र म दुबै विज्ञानको भरोशामा छौं
कहिले काॅहि नपाएको जवाफ भन्दा यथार्थको दुनिया निक्कै भरपर्दो र सुरक्षित हुन्छ
र हाम्रा भगवानहरु पनि नपाएका उत्तर हुन्
हामी आस्थालाइ पुजा गर्छौ
विस्वासलाइ पुजा गर्छौ
र यो पनि जीवनलाइ पेरम गर्छौ र धर्म पनि जीवन, सद्भालना र पेर्मको नाम नै त हो !
र महापर्लय !
र यि महापर्लय न पहिला हुन न त अन्तिम !
हामी भरोशामा बाच्नु छ र आशामा दियो बलाउनु छ
तसै त म निस्कदै गरेको चन्दमा संग
आशाको किरण माग्छु
यतिबेला रात ढल्दैछ
पनि भोलि हुने उज्यालोमा
म पनि यसैगरी यि विोस्वका सबै मान्छेहरु जीवीत र खुशी रहुन भनेर

बर्माण्डकोसयौं हिस्सा उज्यालो मागीरहेछु

,- सिमा रोशी सिड्नी,

सम्बन्धित शिर्षकहरु