मंसिर ६ । काठमाडौँ, मधेसमा जारी आन्दोलनका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रमुख राजनीतिक दलको बैठक बोलाएका छन् ।
मधेस आन्दोलन र नाकाबन्दीका कारण देखिएको सङ्कटबारे छलफल गर्न प्रधानमन्त्रीले प्रमुख दलको बैठक बोलाएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।
देशमा देखिएको समस्या समाधानका लागि प्रमुख दलको समान धारणा बनाउने उद्देश्यले आइतबार साँझका लागि बैठक डाकिएको हो ।
बैठकमा प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक तथा राप्रपाका शीर्षनेताको उपस्थिति हुनेछ ।








