प्रहरीको दमनले सीमा नाघ्योः मधेशी मोर्चा

काठमाडौं, आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारले शनिबार सुनसरीको दुहवीमा शान्तिपूर्ण आन्दोलनमा चरम दमन गरेको बताएको छ। अपराह्न विज्ञप्ति जारी गर्दै मोर्चाले वार्ता चलिरहेकै अवस्थामा आज २०७२ मंसिर ५ गते सुनसरीको दुहवीमा मोर्चाको शान्तिपूर्ण कार्यक्रममा सरकारको निर्देशनमा जनपद तथा सशस्त्र प्रहरीले लाठी चार्ज, अश्रु ग्यास र गोली प्रहार गरेको चरम दमनकारी कार्य भएको बताएको छ।

 

a}7s  ;+o'Qm nf]stflGqs dw];L df]rf{sf] laxLaf/ l;+xb/af/df a;]sf] a}7sdf ;xefuL g]tfx? . tl:a/M l;aL clwsf/L /f;;

‘मोर्चाको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले अन्धाधुन्ध गोली र लाठी प्रहार गरी दर्जनौं आम जनता र आन्दोलनकारीलाई गम्भीर घाइते बनाएको छ’ विज्ञप्तिमा भनिएको छ ‘जसमा आन्दोलनका संयोजक मुन्ना साह र संघीय समाजवादी फोरम युवा नेता रञ्जीत गोस्वामीलाई गम्भीर घाइते बनाइएको छ। घाइते अवस्थामै प्रहरीले साह र गोस्वामीलाई गिरफ्तार गरेको र स्थानीयबासीको घरघरमा पसेर कुटपिट गरेको आरोप पनि मोर्चाले लगाएको छ।

मोर्चाले सरकार वार्ता मार्फत् मुलुकलाई निकास दिनुको सट्टा आन्दोलनकारी माथि चरम दमन गरी सरकार आफै वार्ता बिथोल्न लागिपरेको आशंका उत्पन्न भएको उल्लेख गर्दै शान्तिपूर्ण धर्ना, जुलूश र विरोधका अन्य कार्यक्रममा तत्काल प्रहरी दमन बन्द गरी गिरफ्तार गरिएका मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई तुरुन्त रिहा गर्न माग गरेको छ।

सम्बन्धित शिर्षकहरु