राजधानीबासीलाई दाउरा वेच्दै सरकार

dauraकात्तिक २९ । काठमाडौं, भारतीय नाकाबन्दीसंगै मुलुकमा इन्धनको चरम संकट भएपछि सरकारले राजधानीबासीलाई आजबाट दाउरा बेच्न शुरु गरेको छ ।

ग्यास, मट्टितेल नपाएर हैरान भएका सर्वसाधरणलाई लक्षित गरि  बन मन्त्रालयले बैकल्पिक उर्जा श्रोतका रुपमा दाउरा बेचेको हो । ललितपुरको बालकुमारी र काठमाडौंको गौसलाबाट आज विहानबाट दाउरा बेचिएको बन मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद आचार्यले जानकारी दिए । दाउराको मुल्य प्रतिकिलो १५ रुपैयाँ निर्धारण गरिएको छ ।

एक परिवारले वढीमा १ सय किलो दाउरा किन्न पाउने आचार्यले बताए। सर्वसाधरलाई विक्रीका लागि पहिलो चरणमा १० ट्रक दाउरा राजधानी ल्याईएको छ ।

सम्बन्धित शिर्षकहरु