काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सको पेरिसमा भएको आक्रमणको निन्दा गरेका छन् ।
ओलीले फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा आलन्डलाई सन्देश पठाएर पेरिस आक्रमण फ्रान्सेली जनताविरुद्ध मात्र नभएको र खुला र लोकतान्त्रिक समाज विरुद्ध कै आक्रमण भएको बताएका हुन्। सन्देशमा ओलीले आतंकवादविरुद्ध लडाइमा नेपालको पूर्ण साथ र समर्थन रहने समेत बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा यो संकटको घटनामा नेपाल र नेपाली जनता फ्रान्सको साथमा रहेको बताएका छन् ।
फ्रान्समा गए राति भएको आतंककारी आक्रमणको प्रधानमन्त्री ओलीद्धारा निन्दा । फ्रान्सका महामहिम राष्ट्रपतिलाई समबेदना व्यक्त@pm_nepal
— PM K.P. Sharma Oli (@PM_Nepal) November 14, 2015








