कात्तिक २६ । लमजुङ, लमजुङको बेसीशहर–१३ चनौटेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
खुदीबाट बेसिशहर आउँदै गरेको ग १ झ ५५८८ नम्बरको बलेरो जीप बिहीबार बिहान ३ बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बेशीशहर–१३ का बिबेक आले, भरत थापा, बसन्त श्रेष्ठ, युसेस तामाङ र खुदी–९ का नन्द गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा बेशीशहर–१३ का हीरा आले र अकलबहादुर लामा गम्भीर घाइते भएका छन् । उनीहरुको लमजुङ सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ ।
जीपमा सवार सबैले मादक पदार्थ सेबन गरेको प्रहरीले जनाएको छ । जीप सडकबाट डेढ सय मिटर तल खसेर मस्र्याङ्दी नदीमाथिको भीरमा अड्किएको थियो ।








