काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले दसैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आज चियापान कार्यक्रमको आयोजना गरे ।
उपराष्ट्रपति कार्यालय बहादुर भवनमा आयोजित चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कामु प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, विभिन्न राजनीतिक दलका शीर्ष नेताको सहभागिता रहेको थियो ।
यस्तै सो समारोहमा सांसदहरु, नागरिक समाजका प्रतिनिधि, कूटनीतिक नियोगका प्रमुख, उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि पुनले आज पहिलो पटक चियापानको आयोजना गरेका हुन्।


![lrofkfg ;df/f]x pk/fi6«klt sfof{no axfb'/ ejgdf pk/fi6«klt gGbaxfb'/ k'gn] bz} ltxf/, 57 kj{sf] cj;/df cfof]lht lrofkfgdf ;xefuL x'Fb} /fi6«klt ljBfb]jL e08f/L / k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/11/1447152474226_RoS-Ktm-Jalpan-1-300x200.jpg)






