गणेश अधिकारी , पर्थ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज पर्थ, पश्चिम अष्ट्रेलियाको आयोजनामा साहित्यकार एलबी क्षेत्रीका एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। गत हप्ता सेन्टेनरी पार्क कम्युनिटी सेन्टरमा भएको सो कार्यक्रममा साहित्यकार क्षेत्रीले आफ्ना दुईवटा कृती “भिडमा हराएको मान्छे” र “इन्द्रमायाको देशमा” बाट रचनाहरु पाठ गरेका थिए। पश्चिम अष्ट्रेलियाका साहित्यप्रेमी, बौदिक बर्ग, नेपालबाट आउनु भएका आमा, बुवा तथा सामाजिक संघ संस्थाका प्रतीनिधी तथा अगुवाहरुका उपस्थितीका बिच साहित्यकार क्षेत्रीले हाल सालै प्रकाशित आफ्ना दुईवटा कृति “भिडमा हराएको मान्छे” र “इन्द्रमायाको देशमा” सार्वजनिकरण गरे। कार्यक्रमको पहिलो चरणमा साहित्यकार क्षेत्रीले आफ्ना एकल रचनाहरु पाठ गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी तथा साहित्यकार क्षेत्रीलाई अन्तरराष्ट्रिय नेपाली साहित्य समाज पर्थ, पश्चिम अष्ट्रेलियाका अध्यक्ष तथा कार्यक्रमका सभापती गणेश घिमिरेले खादा अोढाएर स्वागत गरेका थिए। साथै कार्यक्रममा बिशेष अतिथीका रुपमा नेपाली एसोशिएशन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) का अध्यक्ष आङ दावा जे शेर्पालाई आमन्त्रित गरिको थियो। अन्य आमन्त्रित अतिथीहरुमा पशुपतीनाथ बौद्धनाथ मन्दिर समितीका अध्यक्ष यादब शर्मा, एनआरएनए आइसीसी पूर्व सदस्य भैरब ढकाल, एनआरएनए पश्चिम अष्ट्रेलिया सम्योजक राज थपलिया, नावाका निबर्तमान उपाध्यक्ष कुन्ता कोइराला र सामजका अग्रणी ब्यक्तित्व बिनय भट्टराईलाई समेत सभापती घिमिरेले खादा अोडाएर स्वागत गरेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथीहरुलाई संस्थाका महासचिब राजेश बुदाथोकीले स्वागत मन्त्यब्य दिएका थिए। कार्यक्रमका दौरानमा साहित्यकार क्षेत्री अनेसास पर्थ, नावा, एनआरएनए पश्चिम अष्ट्रेलिया र पशुपतीनाथ बौद्धनाथ मन्दिरका प्रतिनिधिहरु लाई मायाको चिनो प्रदान समेत गरेका थिए। कार्यक्रममा साहित्यकार क्षेत्रीले दार्शनिक, श्रिङ्गारिक, प्रकृति प्रेम, स्वाभिमानी र हास्यब्यङ्य जस्ता रोचक बिषयमा आफ्नो कबिता पाठ गरेका थिए। क्षेत्रीका कबिता माथि संस्थाका सचिब हरी अधिकारीले संक्षिप्त टिप्पणी गरेका थिए। कार्यक्रमको दास्रो चरणमा “डायस्पोरामा नेपाली साहित्य” विषयमा अन्तरक्रिया गरिएको थियो । सोही क्रममा डायस्पोरिक नेपाली साहित्यको महत्व, बिकास, चुनौति र बर्तमानमा भइ राखेका प्रयास बारे चर्चा गरिएको थियो। उपस्थित केही ब्यक्तित्वहरुले साहित्यका अन्य बिषयहरुमा समेत जिज्ञासा राखेका थिए। उक्त कार्यक्रमको अष्ट्रेलियाको पर्थबाट सन्चालित हाम्रो ईन्टरनेट रेडियोले प्रत्यक्ष प्रसारण समेत गरेको थियो। साहित्यकार क्षेत्रीले २०६४ सालमा “त्रिशङ्कु” नामक लघु कथा सङ्ग्रह प्रकाशित गरेका थिए भने अन्य थुप्रै फुट्कर लेख तथा रचना बिभिन्न पत्रपत्रीकाहरुमा प्रकाशित भइ सकेका छन। त्रिभुबन विश्व बिद्यालयमा प्राध्यापन पेशामा संलग्न क्षेत्री चितवन स्थित बिरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख भएर लामो समय काम गरे। क्षेत्री कबीडाँडा साहित्य समाज चितवनका अध्यक्ष हुन भने चरैबेती त्रैमाशिक साहित्यिक पत्रिकाका प्रधान सम्पादक भइ काम गरी रहेका छन।








