काठमाडौं, अमेरिकाले नेपालमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमबारे आफूहरु जानकार रहेको भन्दै यो नेपालको आन्तरिक मामला भएको जनाएका छ ।
अमेरिकी विदेश मन्त्रालयको प्रेस अफिसका निर्देशक एलिजाबेथ ट्रुडेउले नेपालको विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा नेपालको आन्तरिक मामलाबारे आफूहरुलाई नभई नेपाललाई नै सोध्न आग्रह गरेकी हुन् ।
पत्रकार सम्मेलनमा नेपालमा पछिल्लो समयमा उत्पन्न संकटबारे प्रश्न सोधिएको थियो । उक्त प्रश्नको उत्तर दिने क्रममा उनले आफूले नेपालको अवस्थाबारे रिपोर्ट हेरेको जवाफ दिएकी थिइन् ।
यद्धपी उनले नेपालमा जारी आन्दोलन नेपालको आन्तरिक मामिला भएको बताईन । उनले शान्तिपूर्ण र अहिंसात्मक माध्यमबाट प्रजातान्त्रिक प्रक्रियामा निरन्तर संलग्न हुन समेत सबै नेपालीलाई सल्लाह दिइन ।








