राप्रपा नेपालले सरकार छाड्ने धम्की किन दियो?

rppn-430x316काठमाडौं, नयाँ सरकार गठनका बेला भएको भद्र सहमति तोड्दै नेकपा एमालेले स्थानीय विकास मन्त्रालय आफुसँगै राख्न खोजेपछि राप्रपा नेपालले सरकार छाड्ने धम्की दिएको छ ।

राप्रपा नेपालले स्थानीय विकास मन्त्रालय नपाए सरकार छाड्ने धम्की दिएको हो । सरकार गठनका बेला समर्थन लिनकालागि गरिएको भद्र सहमति तोडे आफुहरु पनि सरकार छाड्ने राप्रपा नेपालका एक नेताले बताए ।

उनका अनुसार राप्रपा नेपालले परराष्ट्र, स्थानीय विकास र अर्को कुनै एक मन्त्रालय लिने र एक जना राज्यमन्त्री राख्ने सहमति भएको थियो ।

स्थानीय निकायको निर्वाचन हुने र देश संघीयतामा जाँदा स्थानीय विकास मन्त्रालयको भुमिका महत्वपुर्ण हुने भएकाले राप्रपा नेपालले उक्त मन्त्रालयको दाबी गरेको हो ।

राप्रपा नेपालले स्थानीय विकास मन्त्रीमा पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीलाई पठाउने तयारी गरेको छ ।

सम्बन्धित शिर्षकहरु