सबै दल मिलेर अघि बढ्नुको विकल्प छैनः प्रधानमन्त्री ओली

1446112732871_SCB-Ktm-Diwa Bhoj (3)काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले व्यहोर्न परेको असहज परिस्थितिमा सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका।

संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेका दिवा भोजमा सञ्चारकर्मीसँग बोल्दै उनले जनअपेक्षाअनुसार दैनिक जनजीवन सहज बनाउन सरकार प्रयत्नशील रहेको बताए । उनले छिट्टै अत्यावश्यक वस्तुको सहज आपूर्ति हुने विश्वास पनि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले राष्ट्र हितका लागि राजनीतिक दलले नेपाली जनताको भावनाअनुरुप संविधान जारी गरेर लागूसमेत गरिसकेको अवस्थामा कुनै पक्षले यसको विरोध गर्दै आन्दोलन गरेर जनजीवन असहज बनाउनु नाजायज भएको बताए ।

वार्ता र संवादबाटै सबै समस्याको निराकरण गर्न सरकार गम्भीर रहेको दोहो¥याउँदै उनले आन्दोलनरत पक्षलाई वार्तामा बसेर समस्या समाधानमा सहयोगी बन्न आग्रह गरे ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आफ्नो पार्टी प्रतिपक्षमा रहेपनि मुलुकले भोगिरहेको समस्या समाधान गर्न प्रतिबद्ध रहने बताउए । उनले राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी भएसँगै अब संविधानको कार्यान्वयन गर्नु पर्ने चुनौती रहेकाले प्रमुख दलको सहयात्रा अहिले पनि आवश्यक रहेको बताए।

नेका, नेकपा एमाले र एमाओवादीलगायत राजनीतिक शक्तिबीचको सहमतिले मात्र जनताको आशा र भरोसा पूरा गर्न सक्ने भन्दै उनले प्रतिपक्षमा रहेता पनि काँग्रेसले सहमतिको यात्रा नतोड्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीद्वारा आयोजित सर्वदलीय दिवा भोजमा सत्ताधारी दलका नेता तथा सांसदसहित प्रतिपक्षी दलका नेताको समेत उपस्थिति थियो । सर्वदलीय भोजमा आन्दोलनरत मधेस केन्द्रित दलका नेताको भने सहभागिता रहेको थिएन ।

सम्बन्धित शिर्षकहरु