३० लडाकू मारिए

बग्दाद,  इराकको अन्बर प्रान्तमा भएको आइएस विरुद्धको कारबाहीका क्रममा इस्लामिक स्टेट, आइएसका कम्तीमा पनि ३० जना लडाकू मारिएको समाचार छ ।

आइएसको खोजीका क्रममा इरानी सुरक्षाकर्मीहरुले उनीहरुका विरुद्धमा हवाई तथा स्थलगत कारबाही गरेका समाचारमा जनाइएको छ ।

स्थलगत कारबाहीका क्रममा आइएसका लडाकूसँग कैयौँ स्थानमा भिडन्त पनि भएको सो समाचारमा जनाइएको छ ।

इराकको पश्चिमी प्रान्त अन्बरको प्रान्तीय राजधानी सहर रमादीमा सो हमला भएको थियो । सो नगरमा विगतदेखि नै आइएसका लडाकूहरु लुकेर बस्ने गरेका छन् ।

रमादी नजिकैको अलक्वाम नगरमा आइएसका लडाकूहरु लुकेर बस्ने गरेका थिए । सो नगरमा इरानी सेनाले हवाई कारबाहीका क्रममा बमबारी गरेको थियो ।

सो बमबारीमा परी कम्तीमा पनि १८ जना लडाकू मारिएका थिए । सो क्रममा उनीहरुका छ वटा सवारी साधन पनि ध्वस्त भएका बताइएको छ ।

त्यसैगरी रमादीबाट पश्चिमतर्फको अल्बुरिसा पुलमा सो हमला भएको थियो । उक्त हमलामा परी पाँच जना लडाकू मारिएका थिए ।

सो क्षेत्रमा पनि इराकी सेनाको युद्धक विमानले हमला गरेको थियो । पुलमा लुकेर बसेको अवस्थामा सो कारबाही गरिएको इराकी सेनाले जनाएको छ ।

त्यसैगरी अन्बरकै अरु केही क्षेत्रमा पनि कारबाही जारी रहेको छ । इराकी सेनाले पछिल्लो समयमा आइएसका विरुद्धमा स्थलगत रुपमा पनि व्यापक मात्रामा कारबाही गर्ने गरेको छ ।

सम्बन्धित शिर्षकहरु