राष्ट्रपतिमा एमाले र काँग्रेसको छुट्टा छुट्टै दाबी

NC_UML_20140621031050काठमाडौं,  राष्ट्रपति चयनका लागि सहमति जुटाउन आज भएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सो बैठकमा नेकपा एमाले र नेपाली काँग्रेसका तर्फबाट आआफ्ना उम्मेदवारी दिने धारणा प्रस्तुत भएपछि सहमति जुट्न नसकेको हो ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा भएको बैठकमा सहमतिका आधारमा राष्ट्रपतिको चयन हुन थप समय दिने वा प्रक्रियामा अघि बढ्ने भन्नेमा नेताहरुबीच मत्यैक्य भएन ।

संसद् सचिवालयले सहमतिका आधारमा राष्ट्रपति चयनका लागि आजसम्मको समय निर्धारण गरेको छ भने सहमति नभएमा यही कात्तिक ११ गते निर्वाचन हुने कार्यक्रम छ ।

सम्बन्धित शिर्षकहरु