ईश्वर अधिकारी, सिड्नी – सिन्धुपाल्चोक जिल्ला जन्म भई हाल अस्ट्रेलिया बसोवास गर्दै आएका संचारकर्मी भीमसेन सापकोटालाई गणातान्त्रिक मुलुक फिजीले नेपालका लागि आफ्नो पहिलो सांस्कृतिक राजदुत बनाएको छ ।
सापकोटालाई गणतान्त्रिक मुलुक फिजिका प्रधानमन्त्री बेनी मरामाले अस्ट्रेलियाको सिड्नीमा आयोजित एक समारोहका विच सो घोषणा गरेका हुन् । प्रधानमन्त्री बेनिमरामाले सो अवसरमा प्रमाण पत्र हस्तान्तरण गर्दै यसकार्य बाट फिजि, फिजिमा रहेका नेपाली समुदयाय र नेपाल विचको भाईचारा थप विस्तार हुने बताउनु भयो । सो अवसरमा उद्द्योग, बाणिज्य तथा पर्यटन मन्त्री शाहीन अली, पररास्ट्र मन्त्रालयका कुटनितिक पदाधिकारीहरू, फिजिका सुरक्षा प्रमुख समेतले नेपालको बारेमा चासोपूर्ण र सकारात्मक धारणा राखेका थिए ।
(अस्ट्रेलियाको एस बि एस् रेडियो ले प्रसारण गरेको यस सम्बन्धी सामाग्री तथा अन्तर्वाता सुन्न यहाँ क्लिक गर्नुहोला ।)


सापकोटाले फिजिमा रहेका


समुदाय र नेपाल विच सम्बन्ध विस्तार गरी उनिहरूको पहिचान विस्तारमा सघाएको, नेपालमा भुकम्पले क्षति पुर्याएको बखत अस्ट्रेलिया र फिजिमा रहेका फिजियन हरू विच सहयोगको भावना जगाउंदै नेपाल सहयोगको अभियान चालेको, गैर नागरिक भएर पनि फिजिको शान्ति प्रवर्द्दनमा विभिन्न अभियान मार्फत सघाएको ले उहांलाई कार्यको थप निरन्तरताका लागि यस्तो राजदुत बनाईएको जनाईएको छ ।
यसैगरी अस्ट्रेलियामा रहेका ४० भन्दा बढि फिजियन संस्थाहरूको छाता संगठन ’युनाइटेड फिजी कम्युनिटी ’(युएफसि)ले समेत सो अवसरमा सापकोटालाई ट्रस्टिको रुपमा चयन गरेको थियो । युएफसीका संयोजक बबी सिंह ले सापकोटाको सामाजिक सहयोग अभियान ले फिजि र नेपाल विचको सम्बन्ध प्रगाढ बन्दै गएको बताउनु भयो ।
सापकोटाकै नेपाल सहयोग अभियान मार्फत युएफसिले नेपालको ३ विद्द्यालय पुनर्निर्माण सहयोग, २ खानेपानी परियोजना सहयोग तथा भुकम्प पीडितलाई सहयोग प्रदान गर्दै आएको छ ।अस्ट्रेलियामा बसोवास गर्दै आउनु भएका सापकोटा समाजसेवा, शान्ती प्रवर्द्दन, नेपाली भाषा साहित्य र संचार क्षेत्रमा कृयाशिल हुनुहुन्छ । हला अस्ट्रेलियाको सिड्निमा सप्ताह ब्यापि रुपमा ’फिजी स्वतन्त्रता दिवस ’मनाउने क्रममा सो कायक्रमको आयोजना गरिएको थियो । सन १९६८ से नेपाल र गणतान्त्रिक मुलुक फिजी विच दौत्य सम्बन्ध रहंदै आएको छ ।भिक्टोरिया युनिभर्सिटी सिड्नी र यु टि ए सका प्राध्यापक सेमत रहनु भएका सापकोटा असनेपालन्युज सम्पादक हुनुहुन्छ । साभार डीसी नेपाल http://www.dcnepal.com/news/news.php?nid=171626 हिमालयन कङारू ।








