सबै किसिमका उपाय लगाएर आपूर्ति व्यवस्था सहज गरिने

गाडी नेपाल भित्रिए
आपूर्ति व्यवस्था सहज गरिने

काठमाडौँ, २ कात्तिक । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले मुलुकमा विद्यमान आपूर्तिको असहज अवस्थालाई सरकारले कूटनीतिक प्रयासबाट समाधान गर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक इन्धनको अभावले जनताको दैनिक जीवनमा ठूलो समस्या आएकाले समाधानमा आफू सक्रिय भई लाग्ने बताउनुभयो ।

“आपूर्तिमा आएको असहजताले जनता मर्कामा परेकाले म गम्भीर छु”– उहाँले भन्नुभयो– “सबै किसिमका उपाय अवलम्बन गरेर भए पनि आपूर्ति व्यवस्था सहज गरिने छ, सिङ्गो देशले भोगिरहेको समस्या समाधान गर्न सरकारले सबै विकल्प सोचेर काम अगाडि बढाउनेछ ।

सम्बन्धित शिर्षकहरु