सभामुखमा ओनसरीको उम्मेदवारी दर्ता

;efd'vdf cf]g;/Lsf] pDd]bjf/L btf{  Joj:yflksf–;+;b ejg gofF afg]Zj/df PsLs[t g]skf -dfcf]jfbLsf_ ;f+;b cf]g;/L 3tL{n] ;efd'v kbsf nflu pDd]bjf/L btf{ u/fpg'x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ,  एकीकृत नेकपा माओवादीका सांसद ओनसरी घर्तीले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः४५ बजे उनले सभामुखको उम्मेदवारी दर्ता गराउनु हुन्। घर्तीको प्रस्तावकमा नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी छन् भने समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद कुन्तीकुमारी शाही र बहुजनशक्ति पार्टीका सांसद विश्वेन्द्र पासवान  छन् ।

वर्तमान सरकार गठन हुने क्रममा एकठाउँमा उभिएका दलहरुका साझा उम्मेदवारको रुपमा घर्तीको उम्मेदवारी परेको हो ।

यस्तै, उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादवको उम्मेदवारी परेको छ । उनको प्रस्तावक एमालेका सांसद शत्रुघन महतो र समर्थकमा एमाओवादीका सचेतक रेखा शर्मा छन् ।

व्यवस्थापिका–संसद्ले तय गरेको कार्यतालिका अनुसार आज दिउँसो २ बजेसम्म बहुमतीय प्रक्रियाका आधारमा सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।

नयाँ संविधानअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुख पदको नयाँ निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । पूर्व सभामुख सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले राजीनामा दिपछि शुक्रबार नयाँ निर्वाचन हुन लागेको हो ।

यसअघि सभामुख पदमै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा र उपसभामुखमा सोही पार्टीका डिल्लीप्रसाद काफ्लेले समेत उम्मेदवारी दर्ता गराएका छन्।

सहमतीय प्रक्रियाका आधारमा सभामुख चयन हुन नसकेपछि आज बहुमतीय प्रक्रियाका आधारमा सभामुख र उपसभामुख चयन हुन लागेको हो ।

आज दिउँसो ३ बजे बस्ने संसद्को बैठकमा सभामुखको निर्वाचन हुनेछ भने साँझ ५ बजे उपसभामुख चयन हुनेछ ।

सभामुख पदको उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै घर्तीले सबै राजनीतिक दलसँग समदूरी र समान भावनाका साथ काम गर्ने बताए ।

संविधानसभाबाट संविधान जारी भएको अवस्थामा आफूलाई सबैको सकारात्मक सहयोग र सद्भावको आवश्यकता रहने उनले उल्लेख गरे।

सम्बन्धित शिर्षकहरु