भैरहवा, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिने बित्तिकै भैरहवाको सुनौली नाका सुचारु भएको छ ।
नाका सुचारु भएपछि भारततर्फ विगत ५ दिन देखि रोकिएका हजारौं मालवाहक गाडी तथा पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु नेपाल छिर्न थालेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए।
सुनौली नाकाबाट पेट्रोलियम पदार्थ र खाद्यान्न लगायतका समान बोकेका मालवाहक सवारी साधन नेपाल भित्रिएका हुन।
आज बिहान भारतिय राजदुत भारतीय राजदुत रणजित राय ओली निवास बालकोट पुगेर बधाई र शुभकामना सन्देश सहित पेट्रोलिलम पदार्थको सहज रुपमा नेपाल पठाउन भारत सरकार तयार रहेको बताएका थिए ।








