संविधान संशोधन तत्काल नगरौंः बिजुक्छे

rohitभक्तपुर,  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कसैको दबाबमा आएर हतारमा संविधान संशोधन गर्न नहुने बताएका छन्।

आज रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने– “कसैको दबाबमा हतारिएर संविधान संशोधन गरे देशमा अस्थिरता बढ्छ । देशकै लागि घातक साबित हुन्छ ।”

नेमकिपाले ओली नेतृत्वको सरकारलाई सशर्त समर्थन गरेको र प्रतिपक्षमै बस्ने जानकारी गराएको बताए ।

अघोषित नाकाबन्दीप्रति कुनै प्रतिक्रिया नजनाएको भारतको ओली प्रधानमन्त्री भएलगत्तै बधाई दिने र इन्धन लिन आउन आग्रह गर्ने कामप्रति उनले आशङ्का पनि व्यक्त गरे ।

चीनले नेपाललाई चाहिने जति इन्धन दिन सक्ने भएपनि नेपाल सरकारले कुनै लिखित प्रस्ताव नराखेकाले समस्या आएको उनको भनाइ थियो ।

सम्बन्धित शिर्षकहरु