काठमाडौँ, नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
व्यवस्थापिका संसदको आइतबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।उनी ३३८ मत ल्याएर बिजयी भएका हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने बताए ।
शान्ति सुव्यवस्था कायम गर्ने र रचनात्मक कामलाई प्राथमिकता दिने उनले बताएका छन् । ओलीले आफूलाई मत दिने तथा समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।








