काठमाडौँ, सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।
उनले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गरेको सभामुख सुवास नेम्वाङले घोषणा गरे । मतदानमा ५८७ जना सांसद उपस्थित थिए ।
यस्तै अर्का उम्मेदवार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गरेका छन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत दलहरुको समर्थनमा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
ओलीको पक्षमा नेकपा एमालेका १८३ सांसद, एकीकृत नेकपा माओवादीका ८३, राप्रपा नेपालका २५, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका १४ संसदले मतदान गरेका थिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा माले ५, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, मधेस समता पार्टी नेपालका एक, नेपाः राष्ट्रिय पार्टी, नेकपा संयुक्तका तीन सांसदले पनि ओलीलाई मतदान गरेका थिए।
नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं ७ बाट संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित भएका ६४ वर्षीय ओली नयाँ संविधान घोषणा भएको २१ दिनपछि प्रधानमन्त्रीमा चयन भएका हुन् ।
एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच आजै आठ बुँदे सहमति भएको थियो ।


![Pdfn] cWoIf cf]nLåf/f k|wfgdGqLsf] pDd]bjf/L btf{ PsLs[t g]skf-dfcf]jfbL_sf cWoIf k'iksdn bfxfnsf] k|:tfjsdf / /fli6«o k|hftGq kf6L{ g]kfnsf cWoIf sdn yfkf;lxt s]xL ;fgf bnsf] ;d{ygdf g]skf-Pdfn]_sf cWoIf s]kL zdf{ cf]nLn] k|wfgdGqLsf] pDd]bjf/L btf{ u/fpg'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/10/1444464773418_Pro-Ktm-UML-PM-3-300x200.jpg)






