सरकारको नेतृत्वमा अब ओलीः पौडेल

Bishnu_Prasad_Paudel_3काठमाडौँ, नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अवको सरकारको नेतृत्व प्रमुख दलको सहमतिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको अन्तक्र्रियामा उनले दलहरुबीच विगतमा संविधान बनेपछि एमालेले सरकारको नेतृत्व लिन भएको भद्र सहमतिअनुसार नेपाली काँग्रेसको प्रस्ताव तथा एकीकृत नेकपा माओवादीको समर्थनमा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र राष्ट्रपति नेपाली काँग्रेस तथा सभामुख एनेकपा माओवादीले लिने विषयमा गृहकार्य भइरहेको बताए ।

एमालेका नेता पौडेलले नयाँ संविधानको वैधतामा कसैले पनि प्रश्न उठाउन नसक्ने विचार व्यक्त गर्दै संविधान कार्यान्वयनका लागि देखिएको चुनौति तथा भूकम्पले सिर्जना गरेको समस्या समाधान गरी नव निर्माणमा लाग्न दलहरुकाबीच जीवन्त समन्वय हुन आवश्यक रहेको औँल्याए ।

उनले मधेसमा आन्दोलनरत दललाई वार्ताबाट समाधान खोज्न आग्रह गर्दै संविधान संशोधनका लागि विधि र प्रक्रियाअनुसार पनि अहिलेको सरकारले कार्य पूरा गर्न समय अपुग हुने भएकाले नयाँ सरकारले कार्य गर्ने प्रष्ट पारे।

सम्बन्धित शिर्षकहरु