काठमाडौँ, संविधान जारी भएपछि असन्तुष्ट बनेको भारतले गरेको ‘अघोषित नाकाबन्दी’ खोल्न आफ्ना सरोकारवालालाई निर्देशन दिएको बताएको छ । उसले संविधान जारी भएपछि मधेस आन्दोलनलाई कारण देखाउँदै नेपालमा आपूर्ति ठप्प पारेको थियो । नाका खोल्न भारतीय विदेश मन्त्रालयले सरोकारसम्बद्ध निकायलाई निर्देशन दिइसकेको बताएको छ । ‘शनिबारदेखि सबै नाकामा आवातजावत सहज बनाउन भारतीय विदेश मन्त्रालयले निर्देशन दिएका छ,’ परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्यूयोर्कबाट फर्किएपछि सुरु भएको परामर्श तथा नेपालको संविधानमा अघि बढेको संशोधनको सहमति हेरेर तत्काल लागू हुने गरी नाका खुला गरिएको स्रोतले जनायो। भारतबाट नेपाल सामान ढुवानी हुने मुख्य नाकाहरुमा बीरगञ्ज, भैरहवा, विराटनगर, काँकडभिट्टा, कञ्चनपुर आदि हुन्। संविधानमा विभिन्न असहमति जनाउँदै मधेसवादी दलले सीमा नाकामा अवरोध गर्दै आएका छन्। यद्यपी भारतले वीरगञ्ज नाका भने खुलाउन नमानेको जानकारी दिइएको छ ।








