सुर्योदयको देशमा भव्य जम्यो अनेसासको साहित्यिक माहोल

असनेपालन्युज , इकेगामि, टोक्यो , जापान । सुर्योदयको देशमा एउटै छुट्टै साहित्यिक माहोल जम्यो , नेपाली सर्जक हरूको सेप्टेम्बरको तेस्रो साता । जापानको सगरमाथा फुजिको आंगनमा  जुरेको चौथो सम्मेलन विश्वका साहित्य प्रेमिहरूको एउटा कोटि यज्ञ बन्यो । जहां अमेरिकाको लिबर्टी सालीक , युरोपको सभ्यता , अस्ट्रेलियाको ओपेरा , आसाम र सिक्किमको नेपाली पन , जपानको साकुरा , क्यानडाको भ्यानकुवा ,जर्मनको सभ्यता , नेपालको वर्तमान परिवेश , देशको दु:खाइ का विविध विम्वहरूमा रचनाहरूको माहोल जमेको थियो सो वखत ।12006081_453984258136967_504883884660440792_nanesasa1

hfkfgdf zlgaf/b]lv ;'? ePsf] rf}yf] cGt/f{li6«o ;flxTo ;Dd]ngdf ;xefuL :jb]z tyf ljb]zsf g]kfnL ;flxTosf/x? . tl:a/ M k|sfz kGyL, 6f]lsof] -hfkfg_, /f;;

IMG_0043

यो  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को चौथो अन्तर्राष्ट्रिय साहित्यिक महामेला ले नेपाली साहित्यलाई , गोडमेल , बिकास र प्रवर्द्दन गर्न  ६ बुँदे “टोकियो घोषणा पत्र जारी गर्दै’ कार्यक्रमको विट मारेको छ ।  जापान च्याप्टरको विसेष संयोजनमा गत  सेप्टेम्बर १८ बाट  श्री गणेश गरिएको सो सम्मेलन अनेक रसिला क्षणहरूमा विभक्त हुंदै आफ्नो आयतनलाई  सेप्टेम्बर २२ सम्म पुर्याएर अर्थपूर्ण रुपमा सम्मपन्न भयो ।

सर्जकहरूको खंदिलो उपस्थितिका विच जमेको सो मेलामा  नेपाल, भारत,अमेरिका, भुटान, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायत विभिन्न राष्ट्रहरुबाट नेपाली साहित्यका साधकहरू सो अवसरमा आ-आफ्ना सिर्जनामा फुलेका थिए । यसो त  सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती  प्रमुख अतिथि थिए भने विशिष्ट अतिथिहरुमा नेपालका लागि जापानका राजदूत मदनकुमार भट्टराइ, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, साहित्यकार विन्ध्या सुव्वा लगायत रहेका थिए ।

वारीस ठ   पत्रकार तथा अनेसास जापानका सल्लाहकार भुषण घिमिरेको को रेस्टुरेन्टबाट  स्वागत तथा रात्री भोज मार्फत सुरु गरिएको सो साहित्यिक  सम्मेलनको  पहिलो दिन अन्तर्राष्ट्रिय सहभागीहरुको आतिथ्यमा जापानको टोक्योस्थित शक्ति रेष्टुरेन्टमा रात्री भोज तथा परिचयात्मक कार्य आयोजना गरिएको थियो । परिचयात्मक कार्यक्रममै सबै सर्जकहरूले आ-आफ्नो उपस्थिती गजल ,मुक्तक र कवितामा यादगार बनाए । अनेसास केन्द्रिय उपाध्यक्ष तथा अस्ट्रेलिया एन स डब्लु  का अनेसास संस्ठपाक अध्यक्ष भीमसेन सापकोटा र एन आर एन् आइ सि सि का प्रतिनिधि भावना भट्ट विच चलेको हांस्य ब्यङ्ग्य को जुहारिले पहिलो दिनकै स्वागत सांझ भब्य जम्यो । यसो त दोस्रो दिनको विसेष कार्यक्रममा अनेसासका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गरेर औshinjuklu Japanपचारिकताको गती दिनु भयो । सम्मेलनको उद्घाटन समारोहमा सम्मेलनका संयोजक प्रकाश पौडेल माइलाले स्वागत मन्तव्य प्रकट गर्नु भएको थियो भने अनेसासका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले सम्मेलनको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।

अध्यक्ष विश्कर्माको जोशिलो अभिब्यक्ति, संस्थाका एक रथी राधेश्याम लेकालिको साहित्यमा लाग्ने उत्प्रेरित धारणा , एन आर एन आइ सि सि  को  तर्फ बाट  भुवन भट्टले  एन आर एन ले अनेसासलाई आफ्नो सहयात्री बनाएर  दुई पक्षिय सम्झौता मार्फत डायस्पोरामा नेपाली भाषा साहित्य को अभिव्रिद्दी गर्ने जोशिलो भनाइ सो अवसरमा थापा रोचक बनेको थियो । प्रवासमा रहेर नेपाली भाषा साहित्यलाई संगठित रुपले बिकास विस्तार र मलजल गर्ने  सबै भन्दा ठुलो संस्था  अनेसास मार्फत नै प्रज्ञा प्रतिस् ठान ले आफ्ना डायस्पोरिक कार्यक्रम गर्ने कुलप्रति गंगा उप्रेतीको धारणा सबै माझ रोचक बनेको थियो ।

अनेसास ‘हिरो अवार्ड -२०१५ ‘द्वारा अन्तर्राष्ट्रिय साहित्यिक प्रतिभा  सम्मान

bhimsenIMG_0355 IMG_0381 IMG_0534IMG_0554 IMG_0589 IMG_0608 IMG_0639 IMG_0711 IMG_0731 IMG_0734प्रवासमा रहेर साहित्य र भाषा को प्रवर्द्दन गर्ने विभिन्न देशका प्रतिभा तथा साहित्यकार लाई यस वर्षको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ अनेसास हिरो-2015 ‘ अवार्ड प्रदान गरिएको छ ।

नेपाली भाषा, साहित्य, संस्कृति तथा अनेसासलाई विभिन्न प्रकारले सहयोग गर्नुहुने  मोहन सिटौला, डा. कुमार बस्नेत,  भीमसेन सापकोटा,  भवन भटट, डा. रुपक श्रेष्ठ, डा. लेखना थ काफ्ले, बेलायतका प्रोफेसर माइकल हट,  र डा. कविता लामालाई अनेसास हिरोको सम्मान प्रदान गरिएको थियो ।

यसै अवसरमा वरिष्ठ समालोचक तथा अनेसासका सल्लाहकार प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलले नेपाली भाषा, साहित्य तथा अनेसासलाई पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

यस्तै २०१३ मा  विश्वभरमै उत्कृष्ट अनेसास च्याप्टर – २०१३  बन्न सफल  अस्ट्रेलियाको एन एस् डब्लु च्याप्टरलाई उत्कृष्ट च्याप्टर को रुपमा सम्मान गरिएको थियो । सो सम्मान अनेसासका केन्द्रिय अध्यक्ष पदम विश्वकर्माले अस्ट्रेलियाको एन एस् डब्लु च्याप्टरका संस्थापक अध्यक्ष भीमसेन सापकोटालाई प्रधान गर्नु भयो ।

यस्तै अनेसास जापान च्याप्टरले सम्मेलन सफल पार्न तथा जापानमा नेपाली साहित्यको विकासमा पुर्याएको योगदानको कदर गर्दै अनेसास केन्द्रका तर्फबाट अध्यक्ष पदम विश्वकर्माले प्रदान गर्नुभएको थियो ।

पुस्तक विमोचन

सो अवसरमा अनेसास जापान च्याप्टरबाट प्रकाशित साकुरा फुल्दा, नीता श्रेष्ठको सुगन्धित साकुरा , डि आर राइ को गीत सङ्ग्रह मान काजी’ जेना’ को ‘मान्छे मान्छे नै हुनु पर्छ ‘लगायत का दुई  पुस्तक लगायत विभिन्न कृति प्रमुख अतिथि र विशिष्ट अतिथिहरुबाट संयुक्तरुपमा विमोचन गरिएको थियो । कार्यक्रममा अनेसास जापान च्याप्टरका अध्यक्ष आलोक चालिसेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम अनेसास जापानका महासचिव विष्णुप्रसाद घिमिरेले सञ्चालन गर्नुभएको थियो।

यस्तै  सो अवसरमा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री शुशिल कोइराला, राष्ट्रकवि माधव घिमिरे र अनेसास बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्कीले पठाउनुभएको शुभकामना सन्देश वाचन गरिंदा सम्मेलन थप शुवासमय बनेको थियो । कार्यक्रममा एनआरएनका केन्द्रीय उपाध्यक्ष भवन भट्ट, अनेसासका उपाध्यक्ष सुमलकुमार गुरूङ, एनआरएन जापानका नवनिर्वाचित अध्यक्ष, जापानस्थित नेपाली राजदुतावासका तपस अधिकारी, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वरिष्ठ समालोचक तथा अनेसासका सल्लाहकार प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल, जापानी नेपाली साहित्यकार आरुहितो लगायतले खंदिला विचार , साहित्यिक रस र ओजिला  शुभकामनाका सो अवसरका आकर्षण थिए ।

कार्यक्रमको दोस्रो सत्र

कार्यक्रमको दोस्रो सत्रमा प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलले विसेष समय लगाएर प्रस्तुत गरेको  डायस्पोरामा नेपाली साहित्यको विकास र विश्वव्यापीकरण अभियान विषयमा कार्यपत्र जोडदार रुपमा  प्रस्तुत गर्नुभएको थियो।  सो कार्यपत्रमा अनेसास जापानका सल्लाहकार भुषण घिमिरेले टिप्पणी गर्नुभएको थियो र सो सम्बन्धमा विभिन्न महानुभावहरुले छलफल गर्नुभएको थियो । यसका अतिरिक्त सरिता पाठक, छविलाल रातामाटे, शालिग्राम, भीमसेन सापकोटा , कविता लामा, रामचन्द्र अधिकारी, साधुराम खड्का, राजेश बुढाथोकी, अनुप थापा, एलएन अधिकारी, लब कुमार, रामकृष्ण मल्ल, भगवती उप्रेती लगायत विभिन्न साहित्यकारहरुले आआफ्नो रचना वाचन गर्नु भएको थियो।

कार्यक्रमको तेस्रो दिन अनेसासका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको संयोजनमा  नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण विषयमा गरिएको छलफल  तथा अन्तरक्रिया आयोजना गरिएको थियो । स्तरको  बिकास, समय सामेक्ष रुपमा पुस्तक र रचनालाई डिजिटल मा परिणत गर्नु पर्ने , धारणा राखिएको थियो । यो चरणमा  बरिष्ठ समालोचक प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल, साहित्यकार कविता लामा, विन्ध्या सुव्वा,भीमसेन सापकोटा , होमनाथ सुवेदी, पदम विश्वकर्मा, गंगाप्रसाद उप्रेती लगायत विभिन्न सहभागीहरुले भाग लिनुभएको थियो ।

यस पश्चात् होमनाथ सुवेदीले डायस्पोरा नेपाली साहित्यको विकासमा र अध्यक्ष पदम विश्वकर्माले अनेसासका गतिविधि, च्याप्टरका गतिविधि, यसको संस्थागत विकास, आर्थिक स्रोत परिचालनका विषमा प्रस्तुत गर्नुभएको थियो । यसपश्चात् अनेसास जापानका सल्लाहकार तिलक मल्लले जापानमा नेपाली साहित्यको विकासका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा जापानमा फक्रिंदै गरेको नेपाली भाषा साहित्य को खोजपूर्ण प्रस्तुती लाई कार्यपत्रमा सजाइएको थियो ।   सो कार्यपत्रमा साहित्यकार दिनेशराज ज्ञवालीले टिप्पणी गर्नुभएको थियो भने प्रकाश माइला ,तथा आलोक प्रकाश लगायतले सुझाव प्रस्तुत गर्नु भएको थियो ।

तेस्रो दिन आयोजित  विशेष काव्य गोष्ठीले वा वा पाउन सफल भयो । दर्जनौ रोचक सिर्जना वाचित सो काव्य श्रिङ्गखलामा भीमसेन सापकोटाले  आफ्नो कुशल वाककला प्रस्तुत गर्दै कार्यक्रमलाई श्रिङ्गगारेका थिए । यस्तै दिपेन्द्र पाठकले समेत कार्यक्रमको अग्रभागमा सुत्रधाराको सेतु बांध्नु भएको थियो ।  गोष्ठीमा युवराज आचार्य, प्रकाश पौडेल, पुष्पा शर्मा, शान्तिराम ढकाल, पिताम्बर चापागाई, गणेश विक चिन्तन, प्रेमिला गौचन, सन्दिप भण्डारी, गणेश घिमिरे, राम लामा, राजेश बुढाथोकी, विन्धया सुव्वा, लतिका जोशी, छत्रपति फुयाँल आदि स्रष्टाले आआफ्नो रचना वाचन गर्नुभएको थियो । सो अवसरमा उपस्थित  विविध सर्जकहरूको  पुस्तक प्रदर्शन राखिएको थियो ।

कार्यक्रमको अन्तिम सत्रमा अनेसासका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा आयोजित समापन समारोहमा साहित्यकार दिनेशराज ज्ञIMG_0548वालीद्धारा प्रस्तुत  ६ बुँदे टोकियो घोषणापत्र सम्मेलनले पारित  गरेको थियो ।

अनेसासले अनेक पुस्तक प्रकाशन , सिर्जना विस्तार , सर्जक सम्मान, नेपाली साहित्यको अङ्रेजी अनुवाद , प्रतिभा प्रेरणा लगायतका कार्य गर्दै आएको छ । अनेसासको  ७०० भन्दा बढी आजीवन सदस्य , ४२ देशमा ८४ शाखा रहेका छन्न्।  २० हजार भन्दा बढी सादारण सद्स्य रहेका छन्।

सो अवसरका घोषणाहरू

१)    नेपाली भाषाका उत्कृष्ठ साहित्यिक कृतिहरुको चयन गरेर विभिन्न भाषामा अनुबाद र प्रकाशन गरी नेपाली साहित्यको विश्वव्यापीकरण अभियानलाई शसक्त तुल्याउने ।

२)    अनेसास तथा डायस्पोरा (आप्रवासी) नेपाली साहित्यको इतिहास तयार गर्न प्रत्येक च्याप्टरलाई क्रियाशिल गराउने ।

३)    अनेसासका च्याप्टर भएका देशहरुमा पुस्तकालय र ई पुस्तकालयको स्थापना गर्ने ।

४)   अनेसासको संशोधित विधानलाई यथाशिघ्र पारित गरी सोहीअनुरुप संस्था संचालन गर्ने ।

५)  अनेसास तथा डायस्पोराबाट प्रकाशित सामाग्रीहरुको संकलन र ब्यबस्थापन गर्न डायस्पोरा डेस्कलाई निरन्तरता दिने

६)    आप्रवासमा नेपाली भाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विभिन्न  मुलुकमा पाठशालाहरुको स्थापना गर्ने कार्यमा थप क्रियाशिल रहने ।

सम्मेलनमा कार्यक्रम संयोजक प्रकाश पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहभागीहरुका तर्फबाट साहित्यकार विन्ध्या सुव्वा र राम लामा, कुलपति गंगाप्रसाद उपे्रती, राजदुत मदनकुमार भट्टराई, प्रा.डा. खगेन्द्रप्रसाद लुइंटेल, होमनाथ सुवेदी, अनेसासका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राख्नु भएको थियो ।

अध्यक्ष पदम विश्वकर्माले सम्मेलन भव्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने आयोजक, अतिथि, सहभागी, सहयोगी सबैलाई अनेसास केन्द्रकोतर्फबाट धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । समापन समारोह अनेसास जापान च्याप्टरका अध्यक्ष आलोक चालिसेले विसेष रोचकताका साथ  सञ्चालन गर्नुभएको थियो ।

यस्तै अर्को दिन सहभागीहरुले जापानको प्रमुख स्थानहरु सिन्जुको ,टोकियो टावर ,फुजी पहाड लगायतका  साहित्यिक भ्रमण गर्नु गर्नुभएको थियो भने साँझ नेपाली राजदुतावास जापानको आतिथ्यतामा सहभागी र आयोजकहरुलाई रात्रीभोज आयोजना गर्रिएको थियो । रात्रीभोजको अवसरमा राजदुत भटटराईले अनेसासले नेपाली साहित्यको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै यस्तो अन्तर्राष्ट्रिय सम्मेलन जापानमा आयोजना गरेकोमा आयोजकहरूलाई  धन्यवाद ज्ञापन गर्नुभयो ।सो अवसरमा साहित्यकार हरूले आ-आफ्नो परिचय राख्नु भएको थियो ।

हाईकु लेखन

सम्मेलनको अन्तिम दिन टोकियोबाट करिब दुइसय किलोमिटर टाढा रहेको तातेसिना रिसोर्टमा भवन भट्टको निमन्त्रणा मान्दै साहित्यकार हरूले ‘खुला  जापानी कला’को विचरण गर्दै जापानी ब्यान्ड द्वारा प्रस्तुत सान्स्कृतिक पक्षको अवलोकन गर्नुभयो । अन्तिम दिन  आयोजित कार्यक्रममा हाइकुसम्बन्धमा प्रकाश पौडेलले हाईकु लेखन का नियम ,वाचन , भाव , ईतिहास पक्षको चर्चा गर्नुभयो । यस पश्चात सबैसर्जक हरूले छोटो समयमै गहकिला हाईकु तत्काल रचाना गरी वाचन गर्दा ततेसिनाको माहोल पुरै हाइकु मय बनेको थियो ।

सानो उमेरमा प्रौढ प्राध्यापकसित हाइकुको विकासमा लागेका प्रकाश पौडेल ‘माइला’ का ४ वटा हाइकु यस ‘अन्ध गल्छी’ हाइकु संग्रहमा संकलित छन् । तिनलाई क्षण १, क्षण २, क्षण ३, क्षण ४ गरी राखिएको छ । ती हाइकुको लेखन स्थलको प्रकृति वर्णन गरी हाइकु प्रस्तुत गरिएको छ । ती अत्यन्त मार्मिक छन् । ती हाइकुहरुमा श्लेष अर्थ छ र समसामयिक स्वर पनि स्वरित भएको छ ।
यौटा नमुना :
ढुँगाको आड
गन्तव्यको खोजीमा
फुच्चे पालुवा

सम्मेलनमा वाचित हाईकु सन्कलन गरी अभिलेख राखिने आयोजक मध्एका एक आलओक प्रकाश असनेपालन्युजलाई बताउनुहुन्छ ।

अर्को साहित्यिक सम्मेलन अस्ट्रेलियामा

विश्व महिला सम्मेलन तथा अन्तर्राष्ट्रिय साहित्य गोस् ठि अस्ट्रेलियाको सिड्निमा हुने सो अवसरमा केन्द्रिय उपाध्यक्ष्य भीमसेन सापकोटाले घोषणा गर्नु भयो । सन् २०१६ को फेब्रुअरीको अन्तिमा साता सो सम्मेलन हुने कार्यक्रममा जानकारी गराइयो ।

 

सम्बन्धित शिर्षकहरु