मधेस आन्दोलनमा मेरो समर्थन छः डा भट्टराई

baburam-bhattaraifकाठमाडौँ, एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तराई मधेसका आन्दोलनकारीहरुको मागप्रति आफ्नो समर्थन रहेको स्पष्ट पारेका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन् सो कुरा प्रष्ट्याएका हुन् । उनले भनेका छन् , ‘हाम्रो पार्टीले संविधानसभामा दर्ज गरेको भिन्न मत र असहमतिसँग आन्दोलनकारीहरुका धेरै मागहरु मिल्दाजुल्दा रहेकोले तीप्रति आफ्नो समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछु ।’

भट्टराईले आन्दोलनमा जनधनको क्षति हुन नदिइ सार्थक वार्ताको वातावरण बनाउन तत्काल तनाव शिथिलीकरणको पहल गर्न सरकारलाई आग्रह गरेका छन् । राजनीतिक समस्याको समाधान बल प्रयोग र दमनबाट हुन नसक्ने भन्दै उनले वार्ताको थलनी गर्न दुबै पक्षलाई आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षकहरु