हलिउड नायिका सेलेनाले किन लेखाइन् ‘ॐ’ ?

काठमाडौँ, हलिउड नायिका तथा विश्व प्रख्यात गायिका सेलेना गोमेजले आफ्नो शरीरमा टाटु लेखाएर चर्चा बटुलेकी छन् । त्यसो त सेलिब्रेटीहरुले टाटु लेखाउनु नौलो कुरा होइन तर सेलेनाले लेखाएको टाटु संस्कृत भाषाको भएका कारण यसले अरु भन्दा बढी चर्चा पाएको हो ।
2C9108E200000578-3242429-image-a-2_1442782210676
सेलेनाले आफ्नो शरीरमा ‘ॐ’ लेखाएकी छन् । ‘ॐ’लाई ब्रम्हाण्डको सार मानिन्छ भने हिन्दु, बौद्ध र जैन धर्ममा यसको विशेष महत्व र अर्थ पाइन्छ । २३ वर्षीया सेलेनाले आफ्ना बायाँ तिघ्रामा ‘ॐ’ लेखाएकी हुन् ।

सेलेना गत वर्ष नेपालसमेत आएकी थिइन् । युनिसेफकी सदभावना दूतका रुपमा उनी नेपाल आएकी थिइन् ।

सम्बन्धित शिर्षकहरु