सेनाको प्रवक्तामा कार्की, पोखरेल स्टाफ कलेजमा

nepal-army-logoकाठमाडौँ, नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी ताराबहादुर कार्कीले सम्हाल्ने भएका छन् ।

सहायक रथी कार्कीले अहिलेसम्म नेपाली सेनाको पोखरास्थित पश्चिम पृतनाको चिफ अफ स्टाफको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सैनिक मुख्यालयले उनलाई उक्त जिम्मेवारी दिने सिफारिस गर्दै कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ ।

त्यसैगरी, दुई वर्षदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएका सहायक रथी जगदीशचन्द्र पोखरेलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई नेतृत्व प्रदान गर्ने भएका छन्।

सहायक रथी कार्की र प्रवक्ता पोखरेल सहपाठी हुन् मन्त्रिपरिषद्ले सेनाको उक्त प्रस्ताव अनुमोदन गरेसँगै उहाँहरु दुवैले एक दुई दिनभित्रै औपचारिकरुपमा नयाँ जिम्मेवारी सम्हाल्ने बाइएको छ ।

सहायक रथी कार्की र पोखरेल अहिले जिम्मेवारी हस्तान्तरण र बुझबुझारथको चरणमा छन् ।

सम्बन्धित शिर्षकहरु