काठमाडौँ, राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार भेटवार्ता गरेका छन् ।
संविधानसभाबाट संविधान जारी हुने दिन नजिकिँदै गर्दा राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालाबीच बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री कोइरालाले संविधान लेखनमा अहिलेसम्म भएका प्रगति र जारी संविधान लेखन प्रक्रियामा राजनीतिक दललाई सहभागी गराउन गरिएको प्रयासहरुबारे जानकारी गराएका थिए ।
भेटपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट संविधान जारी हुने सुनिश्चित भइसकेकाले अब कुनै शङ्का नगर्न सबैसँग आग्रह गरे ।








