आइतबार मोतीजयन्ती मनाइँदै

Motiram_bhattaभदौ २७ । काठमाडौँ,नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी कुशे औँसीका दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रुपमा मनाइने गरिएको हो ।

श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए।

तीस वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी कुशे औँसीकै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।

थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए ।

सम्बन्धित शिर्षकहरु