प्रहरीको गोली लागि जनकपुरमा ज्यान गुमाउनेको संख्या ३ पुग्यो (अपडेट)

janakpurजनकपुर,  प्रहरी र प्रदर्शनकारीबीच जनकपुरमा भएको झडपमा तीन प्रदर्शनकारीको मृत्यु भएको छ ।

जनकपुरको मिल्स एरियामा भएको झडपमा प्रहरीको गोली मृत्यु हुनेहरुमा जनकपुर जमुनियाँका १६ वर्षीय निक्कु यादव र महेन्द्रनगरका सञ्जय चौधरी रहेका छन् ।

यस्तै, पिरारी चोकमा प्रहरीको गोली लागेर सिमरजोडाका १३ वर्षीय किशोर दिलिप यादवको मृत्यु भएको हाम्रा सम्वाददाताले जानकारी गराएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा घोषित कार्यक्रम ‘जनकपुर जाऔँ, जनकपुर भराँं’ मा सहभागी हुन गएका आन्दोलनकारीले स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा तोडेपछि प्रहरीले गोली चलाएको हो । अहिले यो क्षेत्र तनावग्रस्त छ ।

सम्बन्धित शिर्षकहरु