लगातारको बन्दप्रति अर्थमन्त्रीको चिन्ता

ramsaran-mahatकाठमाडौँ, अर्थमन्त्री डा रामशरण महतले लगातारको बन्दले अर्थतन्त्रमा पार्ने नकारात्मक असरबारे राजनीतिक दलको ध्यान नगएकामा दुःख व्यक्त गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाज सेजनका नवनिर्वाचित पदाधिकारीलाई आज अर्थमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै उनले लगातारको बन्दका कारण उद्योग जर्जर बन्दै गएकाले अर्थतन्त्रमा दूरगामी असर पर्ने भन्दै चिन्ता व्यक्त गरे।

अर्थमन्त्री डा महतले भन्नुभयो, “बन्द गर्नु आर्थिक अपराध हो, तर पनि यस विषयमा ध्यान नदिनु दुःखद् विषय हो ।” राजनीतिक अस्थिरताका कारण दक्षिण एसियाको आर्थिक अवस्थामा सुधार नभएको उनको भनाइ थियो ।

भूकम्पपछिको पुनःनिर्माणका लागि खडा गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निष्कृय हुँदा अर्थ मन्त्रालय अप्ठ्यारामा परेको अर्थमन्त्री डा महतले उल्लेख गरे ।

अध्ययन नभएका परियोजना कार्यान्वयन गर्नुपर्ने बाध्यताका कारण पूँजीगत खर्च गर्न नसकिएको बताउँदै उनले आर्थिक तथा परियोजना विकास गर्ने संस्कृतिमा परिवर्तन गर्नुपर्ने धारणा राखे।

अर्थमन्त्री डा महतले देशमा सञ्चालित पूर्वाधारको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीले गुणस्तरिय काम दिन नसकेको उल्लेख गरे ।

सम्बन्धित शिर्षकहरु