भदौ २४ । काठमाडौँ, आन्दोलनरत मधेसी मोर्चाले माग पूरा नगरेसम्म वार्तामा नबस्ने अडान दोहोर्याएका छन् । भैरहवामा बिहीबार बसेको मधेसी शीर्ष नेताको बैठकले माग पुरा नगर्ने तर पत्रको झारा टारेर वार्तामा बोलाउनुको कुनै तुक नभएको निष्कर्ष निकालेका हुन् । बुधबार प्रमुख तीन दल कांग्रेस, एमाले, एमाओवादीका शीर्ष नेताले आन्दोलनरत मधेसी मोर्चालाई वार्तामा बस्न लिखित आह्वान गरेका थिए ।
तीन दलको वार्ता प्रस्तावका विषयमा छलफल गर्न बसेको मोर्चाको बैठकले वार्तामा बस्ने वातावरण यथासिघ्र बनाउन पनि माग गरेका छन् । त्यस्तै उनीहरू सरकारले माग पूरा गर्ने कुनै छाँटकाँट नदेखाएकाले आन्दोलन अझै सशक्त बनाउने निर्णय पनि गरेका छन् ।








