तराई आन्दोलन चर्किए पछि डा बाबुरामले फेसबुकमा यस्तो लेखे

baburamभदौ २३ । काठमाडौँ,  एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले   तराईबाट तुरून्त सेना फिर्ता बोलाउन सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जालमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र तराई आन्दोलनको सन्दर्भमा एमाओवादीका तराईका नेताहरूसँग कुराकानी पछि स्ट्ट्याटस लेखेका छन्,– ‘हाम्रो पार्टी एमाओवादीका मधेसका नेता र सभासद्हरू समेतबाट पछिल्लो चरणको तराई मधेसको स्थिति बुझ्दा त्यो अत्यन्त गम्भीर दिशातिर उन्मुख भैरहेकोछ !’ उनले अगाडि लेखेका छन्, ‘सरकारमा रहेका दलहरुले आवश्यक लचकता र जिम्मेवारी प्रदर्शन गर्दै तुरुन्तै सेना फिर्ता गर्ने लगायतका तनाव शिथिलीकरणको कार्य गरेर आन्दोलनकारीसंग वार्ता गर्ने र राजनीतिक समाधान खोज्ने प्रयत्न गर्नुपर्यो!’

‘शुभकार्य गर्न कहिल्यै ढिलो हुन्न भने झैं सार्वभौम संविधानसभाले पनि अहिलेको प्रक्रिया भित्रैबाट यससम्बन्धमा कुनै बाटो निकाल्न सक्छ! सबै गम्भीर बनौं!’ उनले लेखेका छन् । संविधान निर्माणको प्रक्रिया रोकेर वार्ता थाल्नु पर्ने बताइरहेका डा. भट्टराईले सोही कुरालाई जोड दिँदै पछिल्लो स्ट्याटस लेखेका हुन् ।

 

हाम्रो पार्टी एमाओवादीका मधेसका नेता/ सभासद्हरू समेतबाट पछिल्लो चरणको तराई/मधेसको स्थिति बुझ्दा त्यो अत्यन्त गम्भीर दिशा…

Posted by Dr. Baburam Bhattarai on Tuesday, September 8, 2015

सम्बन्धित शिर्षकहरु