भदौ २३ । बुटवल, थरुहट सङ्घर्ष समितिका केन्द्रीय सल्लाहकार लक्ष्मण थारुलाई रुपन्देही प्रहरीले आज बिहान प्रक्राउ गरेको छ । उनलाई सिद्धार्थनगर नगरपालिका–८ भैरहवाबाट प्रक्राउ गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।
उनलाई रुपन्देहीका विभिन्न कार्यक्रममा सम्प्रदायिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको र केही दिनअघि कैलाली घटनाका सन्दर्भमा अनुसन्धानका लागि प्रक्राउ गरिएको प्रजिअ ढकालले बताए।








