अन्ततः गच्छदार पनि बाहिरिँदै

bijaya-gachhedar-300x300भदौ २२ । काठमाडौँ,  प्रदेशको सीमाकंनप्रति असन्तुष्टी जनाउँदै ४ दलीय गठवन्धनबाट बाहिरिएको फोरम लोकतान्त्रिकले अन्ततः संबिधान निर्माणको प्रक्रिया पनि छाड्ने निष्कर्षमा पुगेको छ । मंगलबार गच्छदारले संविधान निर्माणको प्रकृयाबाट अलग भएको घोषणा गर्दैछन् ।   ३ दलले आदिवासी जनजाति, मधेसी, दलित, तथा सिमान्तकृत वर्गको माग वेवास्ता गर्दै संविधान जारी गर्न खोजेको भन्दै फोरम लोकतान्त्रिक असन्तुष्ट बनेको हो । संविधान निर्माणको पछिल्लो प्रक्रियाबाट औपचारिक रुपमा बाहिरिने घोषणा गरेको फोरम लोकतान्त्रिककले अपरान्ह १ बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गलाई भेटेर आफ्नो असन्तुुिष्ट पत्र दिने बताएको छ ।

असन्तुष्टि पत्रमा थारु, मधेसी, मुस्लि, दलित लगायत समुहलाई वेवास्ता गरेर संविधान बनाइए मुलुक द्वन्द्वमा फस्ने उल्लेख गरिएको सो पार्टीका महासचिव रामजनम चौधरीले बताए। यहि अबस्थामा संविधान जारी गर्दा उत्पन्न हुने परिस्थितिको सरकार र ३ दलले जिम्मेवारी लिनुपर्ने फोरम लोकतान्त्रिकको भनाई छ ।

सम्बन्धित शिर्षकहरु